पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपा सचिवालय निर्णय

radionepal

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपा सचिवालयको बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्यका लागि उपाध्यक्ष गौतमको नाम मन्त्रिपरिषदबाट निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले संविधान संशोधन गर्न नेकपाले कार्यदल नबनाएको पनि प्रष्ट पारेको छ ।