पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१९ तोला सुनसहित दुई जना पक्राउ    

रासस । सिरहामा प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो । 

प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल चेक गर्दा दुबैको साथबाट करिब  १५ लाख ५८ हजार मूल्य बराबरको अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।