पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

radionepal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको आज अवलोकन गर्नु भएको छ । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गर्नुभयो ।
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।