पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्से परिसूचक एक हजार ५४५.१९ बिन्दुमा

काठमाडौं । मंगलबार नेपाली शेयर बजारको  कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक मंगलबार ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ । 

नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर  दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोबार भयो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ । स्टकका अनुसार मंगलबार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।