पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मछिन्द्र क्लब बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

धरान । सताक्षी गोल्ड कप जितेको दुई दिन पछि नै मछिन्द्र क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

भारत कोलकात्ताको सन्डे क्लब एफसीसलाई ६–१ को फराकिलो अन्तरले हराउँदै सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र अन्तिम चारमा पुगेको हो । मछिन्द्रको जितमा विमलले ह्याट्रिक गरेका थिए । विशाल राई ‘बी’ले २ तथा रेजिन सुब्बाले १ गोल गरे ।

मछिन्द्रले अब नेपाल पुलिस क्लब सँग बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । धरान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र युकेएफसीबीच प्रतिस्पर्धा हुनेछ ।