पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेम्बाङद्धारा सहरी विकास मन्त्रीको पदभार गहण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आज सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । 

नेम्बाङले आज सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पदभार ग्रहणका क्रममा मातहतका निकायलाई प्रतिबद्ध, लगनशील, इमान्दार र जवाफदेही भएर काम गर्न निर्देशन दिनु भयो । 

मन्त्री नेम्बाङले पदभारसंगै वागमती एकिकृत सभ्यतासँग जोडिएका विषयको विधेयक निर्माणका लागि अर्थमन्त्रालयसँग सैद्धान्तिक सहमति लिने फाइलमा हस्ताक्षर गरेर कामको सुरुवात गर्नु भयो ।