पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘कुसंस्कारको अन्त्य नभएसम्म मर्यादामा आधारित समाज बन्न सक्दैन’ 

radionepal

टिकाराम सुुनार । युवा तथा खेलकुुद मन्त्री जगतबहादुर सुुनार (विश्वकर्मा) ले वर्ण व्यवस्थामा आधारित कुसंस्कारको अन्त्य नभएसम्म मानव मर्यादामा आधारित समाज निर्माण हुन नसक्ने बताउनुुभएको छ । 

आज सिंहदरबारमा आयोजित क्रियाशील दलित पत्रकार संघ संगको छलफल कार्यक्रममा मन्त्री सुुनारले वर्ण व्यवस्थामा आधारित समाज व्यवस्थाले दलित मात्र नभई सबै समुुदाय प्रताडित भएकोले विकृति हटाउन पनि सबै लाग्नुुपर्ने बताउनुुभयो । 

उहाँले युुवा पुुस्ताले एकताबद्ध भई न्यायमा आधारित समतामूलक समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिनुुभयो ।  
कार्यक्रममा संघका अध्यक्ष पवित्रा सुनारले सामाजिक विभेद, युुवा पत्रकारहरुको क्षमता विकास गरी ओझेलका मुुद्दा मूलप्रवाहीकरणका लागि आफूहरु संगठित भएको बताउनुुभयो । 

कार्यक्रममा संघका उपाध्यक्ष टिकाराम सनार, सचिव विश्वास खड्काथोकी, कोषाध्यक्ष विष्णुु विश्वकर्मा, सदस्य मिलन विश्वकर्मा र रमेश टमाट्टाले संघले संगठन विस्तार एवं नीति तथा कार्यक्रमलाई संगसंगै अगाडी बढाएको बताउनुुभयो ।
 
कार्यक्रममा मन्त्री विश्वकर्मालाई युवा पत्रकारहरुको क्षमता विकास, विभेदविरुद्ध सामाजिक जागरणलगायतका विविध सवालमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।