पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपाद्वारा गठित कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ । 

आज बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइएको कार्यदलको संयोजक झलनाथ खनालले जानकारी दिनुभयो ।

आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।