पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खराब मौसमका कारण खेल सर्यो

radionepal

पर्वत । खराब मौसमका कारण पर्वतको बेनीमा जारी दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबारका लागि सारिएको छ । शुक्रबार हुने भनिएको एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण शनिबारका लागि सारिएको हो ।  

यसका साथै शुक्रबार हुने भनिएको तेस्रो स्थानको खेल पनि शनिबारका लागि सरेको छ । तेस्रो स्थानका लागि न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख रूपैयाँ पाउनेछन् । यस्तै तेस्रो हुनेले ५० हजार हात पार्नेछन् ।