पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन गरिने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन गरिने भएको छ ।

नेपाली सेनाको संयोजनमा काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाको समन्वयमा यही फागुन ९, २३ र २४ गते बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा साँझ ५ बजेदेखि निःशुल्क सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याड प्रदर्शन गरिने छन् ।