पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्से परिसूचक उच्च दरले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४.२४ अङ्कको उच्च दरले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गर्दै परिसुचक बढेर एक हजार ३९८.२४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत सोमवार ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । 

सोमवार झण्डै दुई अर्ब ७० करोड जतिको कारोवार भएको छ । कूल १७५ कम्पनीहरुका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार मूल्यमा किनबेच भएका छन् ।

कारोवार भएका कूल १२ समूहकै शेयर सोमवार बढेको छ । सोमवार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ ।