पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नवनियुक्त मन्त्री तुम्बाहाङफेद्वारा पदभार ग्रहण

बालिका मादेन | नवनियुक्त कानुन न्याय तथा संसदिय मामिला मन्त्री शिवमायाँ तुम्बाहाङफेले आम जनताको अपेक्षा अनुसार काम गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्री तुम्बाहाङफेले संविद्यानले दिएका अधिकारको कार्यान्वयनमा पहल गदै मूलुकलाई अघि बढाउन कानुनी रुपले सहयोग पुर्याउने बताउनुभयो ।

मन्त्री तुम्बाहाङफेले संघ, प्रदेश र स्थानीय तहको समन्वय र सम्वन्धमा आवश्यक पहलकमदी चाल्ने बताउनुभयो ।