पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल विश्व सम्बन्ध परिषदको वार्षिक पत्रिका सार्वजनिक

सुरेन्द्रमणि त्रिपाठी । नेपाल विश्व सम्बन्ध परिषद्ले आज परिषद्को वार्षिक पत्रिका सार्वजनिक गरेको छ ।

नेपाल विश्व सम्बन्ध परिषदको ७२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित एक समारोहबीच उपराष्टपति नन्द बहादुर पुन, परराष्ट मन्त्री प्रदीप कुमार ज्ञवाली र नेपाल विश्व सम्बन्ध परिषदका अध्यक्ष हेमन्त खरेलले संयुक्त रुपमा परिषद्को वार्षिक पत्रिकाको सार्वजनिकीकरण गर्नुभयो ।

त्यस समारोहलाई संबोधन गर्दै परराष्ट मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालले दुई ठूला छिमेकी देशको द्रुत बिकासबाट पाठ सिकेर दुबै देशसंगको सहकार्य र सहयोगमा नेपाललाई पनि बिकासको पथमा अगाडी लैजाने बताउनुभयो ।

परराष्ट मन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पटक पटकको भ्रमण र चीनका राष्टपतिको भ्रमणले ती देशसंगको नेपालको सम्बन्ध अझ सुमधुर बनेको उल्लेख गर्दै समृद्ध नेपाल र सुखी नेपालीको नेपालको आकांक्षा पूरा गर्न दुबै देशबाट सहयोग भईरहेको पनि बताउनुभयो ।

परराष्ट मन्त्री ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भारतसँगको सीमा विवाद समाधान गर्न कूटनीतिक पहल भईरहेको उल्लेख गर्दै सरकारले यसको समाधान गरिछाड्ने स्पष्ट पानुभयो ।