पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘शिक्षा क्षेत्रको समग्र सुधार गर्ने गरी नयाँ नीति ल्याइने’

रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ शिक्षा नीति शिक्षा क्षेत्रको समग्र सुधार गर्ने गरी ल्याइने बताउनुभएको छ ।

काभ्रेको बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८ औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा मन्त्री बाँस्कोटाले स्थानीय तहका जनप्रतिनिधिलाई शिक्षकको सरुवा–बढुवामा चासो नदिन आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले आजै बनेपा ननगरपालिका –३ वडा कार्यालय भवनको शिलान्यास गर्नुहुदैं निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

उहाँले आजै बनेपा–३ स्थित नन्दीमाता नदीमा नवनिर्मित पुलको उद्घाटन गर्नुभयो ।