पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः नेपाली काँग्रेस

केशव ढुंगाना । नेपाली काँग्रेसले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएको छ । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरी दुई वर्षको अवधिमा सरकारले प्राप्त अवसरहरूको सदुपयोग गरी जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

प्रवक्ता शर्माले तीनै तहका निर्वाचन सम्पन्न गरी संघीयता कार्यन्वयनमा आए पछिको सहज राजनीतिक वातावरण, सालिन एवं जिम्मेवार प्रतिपक्ष र दुई तिहाईको स्पष्ट बहुमत जस्ता अनुकुल पृष्ठभूमि भएपनि सरकारले त्यसको सदुपयोग गर्न नसकेको बताउनुभयो । 

प्रवक्ता शर्माले सरकारले शान्तिसुरक्षा कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, देशको सिमा व्यवस्थापन गर्ने, मूल्य बृद्धि नियन्त्रण गर्ने लगायतका न्यूनतम दायित्व समेत सरकारले पुरा गर्न नसकेको आरोप लगाउनुभयो ।