पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गरिबी निवारणका विभिन्न कार्यक्रम सञ्चालनः प्रधानमन्त्री ओली

radionepal

निशेष राई, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताका आधारभूत आवश्यकताहरू पुरा गरी गरिबी निवारणका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभएको छ । 

झापाको दमकमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जनताका आधारभूत आवश्यकताहरू पुरा गरी सामाजिक न्यायमा आधारित देश निर्माणमा लागेको बताउनुभयो । 
बाईट............
प्रधानमन्त्री ओलीले गरिबी विवारणका लागि युवा स्वरोजगार कार्यक्रम, जनता आवास कार्यक्रमलगायत युवा विद्यार्थी लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन भईरहेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधिमा देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे र २ सय ३५ वटा पुल बनेको भन्नुहुँदै देशमा विकाशको गति बढेको बताउनुभयो ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक–चिसापानी–रबि सडकको शिलान्यास गनुभएको छ । 

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकबाट निर्माणको काम भईरहेको सडकको आज एक कार्यक्रमकाबिच प्रधानमन्त्री ओलीले शिलन्यास गर्नुभएको हो । 

आज नै प्रधानमन्त्री ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक, दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोला पुलको उद्घाटन गर्नुभयो । 

प्रधानमन्त्री ओलीले आजै दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना बस्तीको चाबी समुदायलाई हतान्तरण गर्नुभएको छ । दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करिब ३ करोडमा नमुनावस्ती निर्माण सम्पन्न भएको हो ।