पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालीगण्डकीले बगाएका नौ वर्षीय बालकको उद्धार

रासस । कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । 

पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई आज दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।  

कालीगण्डकी नदीले बगाएर झण्डै १०० मिटर तल पुर्याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ । 

घाइते शिशिरको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।