पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘डिजिटल कारोबारमा वैद्यता कायम गर्न सूचना प्रविधि विधेयक’

विद्याप्रसाद उपाध्याय । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले  डिजिटल कारोवारमा बैद्यता कायम गर्न सूचना प्रविधि विधेक आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल कम्यूटर एसोेशिएशन (क्यान)को २६ औं संस्करणको क्यान इन्फोटेक २०७६ को आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै मन्त्री बाँस्कोटाले डिजिटल अपराध न्यूनिकरण गर्न र कारोबारमा पारदर्शीता कायम गर्न सूचना प्रविधि विधेयक ल्याइएको स्पस्ट पार्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले कसैलाई पनि पुवाग्रह राखेर कानून नबनाईको स्पष्ट गर्नुहुँदै जरिवाना र सजाँयको ब्यवस्था कम गर्न सकिने जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुहुंदै नेशनल नलेज पार्क (राष्ट्रिय ज्ञान उद्यान )को डिजाईन गेरर ल्याउन नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल कम्प्यूटर एसोशिएशन (क्यान) का अध्यक्ष नवराज कुंवरले सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्ने प्रदर्शनीको मुख्य उद्देश्य  रहेको बताउनुभयो । 

यही फागुन ७ गतेसम्म चल्ने प्रदर्शनीमा सय भन्दा बढी स्टल रहेका छन् । प्रदर्शनीमा  रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा समेत हुने जनाइएको छ ।