पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

रासस । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आज साँझ राष्ट्रपति निवास शीतलनिवासमा उहाँहरुबीच पहिलो पटक शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उहाँहरुबीच समसामयिक र संसद् गतिविधिबारेमा छलफल भएको थियो । करीब एक घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले चालु संसद्बारे जानकारी गराउनुभएको थियो । सापकोटा गत माघ १२ गते सभामुखमा निर्वाचित हुनुभएको थियो ।