पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा पदभार ग्रहण    

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । 
   
गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो । 

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले उहाँलाई आजदेखि लागू हुने गरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।