पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘जुगल गाउँपालिकामा फैलिएको रुघाखोकी कोरोना होइन’

जीवन श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा फैलिएको रुघाखोकी कोरोना भाइरस नभएको चिकित्सकले स्पष्ट पारेका छन् ।

विगत केही दिनदेखी गुम्बाका करिब दुईसय भन्दा बढी स्थानीयहरु रुघाखोकी, र अत्यधिक ज्वरोले विरामी भएपछी गाउँमा कोरोना भाइरस फैलिएको हल्ला चलेको थियो ।

स्वास्थ्य परिक्षणका लागि आज जुगल गाउँपालिका पुगेका चिकित्सकहरुले कोरोना भाइरससँग लक्षण मिलेपनि कोरोना भाइरस नभएको पुष्टि गरेका हुन ।

मौसमी रुघाखाकीका कारण स्थानीहरु बिरामी भएको र कतिपय बिरामीहरु सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न डाक्टर पिताम्बर खनालले जानकारी दिनुभयो ।