पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दिपायलमा व्यापारिक कृषि तथा पर्यटन महोत्सव आयोजना गरिने

डोटी । नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि डोटीको दिपायलमा बिहिबारदेखि प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिने  भएको छ । 

डोटी चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने महोत्सवमा प्याराग्लाइडिङ, सेती नदीमा जलयात्रा, डोटीका स्थानीय खानाका परिकार, रमाइलो मेला, छलिया, हुड्के, स्थानीय झाँकी, घरेलु उत्पादन प्रदर्शनी र बिक्रीवितरण गरिने चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो । 

चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेले पर्यटन वर्ष २०२० लाई सफल बनाउन र जिल्लामा भएका स्थानीय स्तरका कला संस्कृति देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो ।

दिपायल महोत्सव फागुन १ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।