पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिभुवन आर्मी क्लब पुनः शीर्षस्थानमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपाधिको रोमाञ्चकता अन्तिम खेल सम्म पनि रहने भएको छ । 

ब्रिगेड ब्वाइज क्लबलाई मंगलबार ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब पुनः शीर्षस्थानमा उक्लेपछि यसपटकको लिगको छिनोफानो शनिबारको खेलबाट मात्र हुनेछ ।

शनिबार शीर्ष दुई टोली आर्मी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यहि खेलले लिगको विजेता टुंगो लाग्नेछ । उपाधि जित्नका लागि त्यो खेलमा आर्मीले बराबरी गरे मात्र पनि पुग्ने छ भने मछिन्द्रले जित्नै पर्ने हुन्छ । 

१२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ ।

१२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछाडि छ । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो । 

सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार कप्तान भरत खवासको कीर्तिमानी गोलमा अग्रता लिएको आर्मीका लागि दोस्रो हाफमा विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए ।

अर्को खेलमा थ्री स्टार क्लबले लिगमा सातौ जित निकालेको छ ।

एन्फो मैदान सातदोबाटोमा भएको खेलमा न्युरोडलाई पराजित गर्दै थ्री स्टार लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारका लागि दिपेश घलेको गोल निर्णायक बन्यो । 

लिगमा थ्री स्टारको यो सातौ जित हो । थ्री स्टारको १२ खेलबाट २३ अंक भएको छ । उसले लिगमा १२ खेलमा ७ खेलमा जित, ४ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ ।

त्यस्तै न्युरोडको यो लिगमा पाचौँ हार हो । न्युरोडले १२ खेलमध्ये ५ खेलमा जित, २ खेलमा बराबरी र पाँच खेलमा हार बेहोदै अंकतालिकाको ८ औँ स्थानमा रहेको छ ।

मनाङले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मनाङले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलको ३२ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, ४३ औं मिनेटमा अन्जन विष्टको गोलमा मनाङले अग्रता दोब्बर पा¥यो । यो जीत सँगै मनाङ तेस्रो स्थानमा रहेको छ । मिश्रित खेल पस्कँदै आएको पुलिस क्लब १७ अंकसहित छैठौं स्थानमा छ ।