पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल समाजवादतर्फ उन्मुखः अध्यक्ष प्रचण्ड

radionepal

सुरेन्द्रमणि त्रिपाठी । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तबादको अन्त्य भई नेपाल समाजबाद तर्फ उन्मुख रहेको बताउनुभएको छ ।

फाल्गुनन्द लिंगदेन फिल्म प्रालिले आज काठमाडौमा आयोजना गरेको अवार्ड वितरण तथा सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले सघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनादेखि नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालका सबै जातजाति र सबै भुगोलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

विविध भाषा र विविध जातिको देशका रुपमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सगरमाथा र बुद्धको देश नेपाल आगामी दिनमा विकास मार्गमा समेत सगरमाथा जस्तै उच्च रुपमा फड्को मार्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले किराँत समुदायसंगै नेपालका हरेक क्षेत्रमा बसोबास गर्ने आम नेपालीमा राष्ट्रिय एकताको भावना प्रचुर रुपमा रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा अध्यक्ष प्रचण्डले लिम्बु भाषा, कला, साहित्यको विकासमा महत्वपूर्ण योगदान दिनुभएका यहान लावती, भरत सुब्बा लगायतका व्यक्तित्वलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो ।