पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नारायणीमा फागुनदेखि क्रुजसीप सञ्चालन हुने

रासस । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । 

भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै भरतपुरको नारायणीमा जहाज निर्माण शुरु भएको हो ।  
   
मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने तयारी भइरहेको र १० दिनभित्रै अनलाइन बुकिङ आह्वान गर्ने तयारी भएको क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

प्रतिघण्टा ३५ किलोमिटर गति रहेको क्रुज निर्माणका लागि १५ करोड रुपैयाँ हाराहारी खर्च भएको निर्माण कम्पनीले जनाइएको छ ।