पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बन्द विमानस्थल सञ्चालनको तयारीमा सरकारः मन्त्री भट्टराई

कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थलहरु पुनःसञ्चालनमा ल्याउन सरकार लागिरहेको बताउनुभएको छ । 

भीमदत्तनगरपालिकाले शनिबार आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा बन्द अवस्थामा रहेका विमानस्थलहरुलाई पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले बन्द विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताउनुभयो । 

मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याईने पनि उल्लेख गर्नुभयो ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक रहेको र सुदूरपश्चिम भ्रमणका लागि आउने विदेशी पर्यटकलाई आकर्षित गर्न हवाई भाडा घटाउनुपर्ने माग गर्नुभयो । 

प्रतिनिधिसभाका अर्का सदस्य नरबहादुर धामीले बाह्रसिङ्गादेखि एशियाकै लामो झोलुङ्गे पुलसम्म सुदुरपश्चिमका आकर्षणका रुपमा रहेकोले पर्यटन प्रवर्द्धनको खाँचो औंल्याउनुभयो ।