पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थ्री स्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा

अजय बम । थ्री स्टार क्लब संकटा क्लबलाई शुक्रबार १–० ले हराउँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हाफमा अनन्त तामाङले गरेको गोलमा थ्री स्टार विजयी भएको हो ।

११ खेलमा छैटौं जितपछि थ्री स्टारको २० अंक पुगेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र दोस्रो स्थानको मछिन्द्र क्लबको २५ अंक छ । 

१९ अंकको मनाङ मर्स्याङ्दी क्लब चौथो स्थानमा झरेको छ । मनाङले १ खेल कम खेलेको छ । संकटा १५ अंकसहित पाँचौं स्थानमा छ ।

अर्को खेलमा नेपाल पुलिस क्लब पाचौँ स्थानमा उक्लिएको छ । ब्रिगेट ब्वाइजबिरुद्ध १–० को जित निकाल्दै पुलिस अंकतालिकाको पाचौँ स्थानमा उक्लिन सफल भएको हो ।

पुलिसको जितमा भरत शाहको गोल निर्णयक बन्यो । उनले खेलको २९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

यस जितसँगै पुलिसले ११ खेलबाट १७ अंक बनाउँदै अंकतालिकाको पाचौँ स्थान ओगटेको छ । पुलिसले ५ खेलमा जित,२ खेलमा बराबरी र ४ खेलमा हार बेहोरेको छ । 

त्यस्तै, ब्रिगेट ब्वाइजको यो लिगमा सातौँ हार हो । ब्रिगेट ब्वाइज ११ खेलबाट ८ अंक बनाउँदै अंकतालिकाको ११ औँ स्थानमा रहेको छ । उसले २ खेलमा जित,२ खेलमा बराबरी र ७ खेलमा हार बेहोरेको छ ।