पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दक्षिण एसियाको सामूहिक भलाइको प्रवर्द्धनका लागि क्षेत्रीय सहयोग महत्त्वपूर्ण : प्रधानमन्त्री ओली

radionepal

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले दक्षिण एशियाको सामुहिक भलाईको प्रवद्र्धनका लागि क्षेत्रीय सहयोग महत्वपुर्ण हुने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज काठमाडौंस्थित सार्क सचिवालयको भ्रमण गर्नुहुँदै आगामी १९औं सार्क सम्मेलन छिटै हुनेमा विश्वास गर्दै पाकिस्तानलाई सार्कको अध्यक्षता हस्तान्तरण गर्न आफुले चाहेको बताउनुभयो ।

सार्कका महासचिव अमजद हसनले प्रधानमन्त्री ओलीसमक्ष नेपालले सार्कको सस्थापक सदस्यको हैसियतमा सधै रचनात्मक भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सोही अवसरमा सचिवालय परिसरमा रुद्रक्षको विरुवा समेत रोप्नुभएको थियो ।