पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा केन्द्रीय कमिटी बैठकः समूहगत छलफल सम्पन्न 

radionepal

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल सकिएको छ । 

राष्ट्रिय सभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव माथि समुहगत रुपमा सुझाव प्राप्त भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

विभिन्न १५ समूहमा विभाजित केन्द्रीय सदस्यहरुले बिहीबार राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव माथि छलफल गरी हिजोदेखि बैठकमा आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

भोली दिउँसो बस्ने बैठकमा समूहगत छलफलमा उठेका प्रश्नको शीर्ष नेताहरुले जवाफ दिनुहुने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।