पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छोरीे विमा रकम तीन लाख 

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’ कार्यक्रम अन्तर्गत छोरीको १ लाखको विमा रकम बढाएर ३ लाख रुपैया पुर्याउने निर्णय गरेको छ । 

प्रदेश नंं २ का मन्त्रीपरिषद्को आज बसेको बैठकले २०७५ साल माघ १ गते यता जन्मेका सबै छोरीहरुको बिमा रकम ३ लाख  हुने मुख्यमन्त्री लालबाबुु राउतले बताउनुुभयो ।

वैठकले धनुुषाको जनकपुरधाममा रहेको प्रदेशिक अस्पताललाई प्रदेशको पहिलो स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानमा  परिणत गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री राउतले जानकारी दिनु भयो ।