पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिरको जीर्णोद्धार सम्पन्न

radionepal

अच्युत अर्याल । पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।

पाटन दरबार क्षेत्रमा आज आयोजित कार्यक्रममा अमेरिकी राजदुत ¥यान्डी डब्लु. बेरीले सोह्रौँ शताब्दीमा निर्मित चार नारायण मन्दिर २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएकोमा जीर्णोद्वार सम्मपन्न भएको जानकारी गराउनु भयो ।

त्यस अवसरमा सँस्कृति पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईले साँस्कृतिक सम्दाको संरक्षणमा अमेरिकाले पु¥याएको सहयोगप्रति धन्यवाद दिनुभयो ।

राजदूत बेरीले पूर्ण रूपमा जीर्णोद्धार कार्य सम्पन्न भएको यस चार नारायण मन्दिरलाई समृद्ध नेपालप्रतिको अमेरिकी प्रतिबद्धताको एक अर्को प्रमाणका रूपमा रहेको बताउनुभयो ।

अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत पाटन दरबार क्षेत्रस्थित मल्लकालीन चार नारायण मन्दिरलाई भूकम्पका दृष्टिले बलियो बनाउन र बृहत रूपमा जीर्णोद्धार गर्नका लागि १ लाख अमेरिकी डलर उपलब्ध गराएको थियो । काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी) द्वारा कार्यान्वयन गरिएको उक्त परियोजनामा वल्र्ड मोनुमेन्ट फन्ड (डब्लुएमएफ), जापानी दूतावास, जर्मन दूतावास र साउथ एसिया इन्स्टिच्युट(हाइडलबर्गबाट पनि सहयोग प्राप्त भएको थियो । 

सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष विकासोन्मुख देशहरूलाई सांस्कृतिक सम्पदा संरक्षणका लागि प्रत्यक्ष सहयोग प्रदान गर्ने अमेरिकी सरकारको एक कार्यक्रम हो ।