पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग

रासस । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ । 

नाट्टाले आज एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको बुहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो । 

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । 

नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेक्स स्थापना गर्नुपर्ने बताएको छ ।