पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मच्छिन्द्र क्लव फेरि शीर्ष स्थानमा

radionepal

अजय बम । काठमाडौमा जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदार टिम मच्छिन्द्र क्लव फेरि शीर्ष स्थानमा उक्लिएको छ । जारी लिगमा छैटौं जित निकाल्ने क्रममा मच्छिन्द्रले थ्रीस्टारलाई दुई शुन्यले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा रजिन सुब्बा र विशाल राईले एक एक गोल गरे । 

थ्रीस्टारले जारी लिगमा तेस्रो हार ब्यहोर्यो । यो हारले थ्रीस्टारको उपाधि यात्रामा ठुलो धक्का लागेको छ । 

जितपछि मच्छिन्द्रले त्रिभुवन आर्मीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । 

मच्छिन्द्रको नौ खेलमा १९ अंक भएको छ भने एक खेल कम खेलेको आर्मीको १७ अंक छ । 

थ्रीस्टारको नौ खेलमा १४ अंक छ ।

अर्को खेलमा दुई विभागीय डर्वीमा नेपाल पुलिस क्लव विजयी भएको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफ क्लवलाई एक शुन्यले हरायो । 

जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शीर्ष पाँचमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पुलिसले एपीएफमाथि प्रभावशाली खेल खेलेको थियो । उसको जितमा भोला सिलवालको एकमात्र गोल निर्णायक बन्यो ।

यो जितले पुलिसले नौ खेलमा चार जित दुई बराबरी र तीन हारका साथ १४ अंक बनाएको छ । जसका कारण पुलिस शीर्ष पाँचमा पुगेको छ । 

एपीएफको लिगमा यो छैटौं हार हो । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको मात्र पाँच अंक रहेको छ ।