पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनआरएन अध्यक्षद्धारा प्रमसंग भेट 

radionepal

भुवन आचार्य । प्रधानमन्त्री के.पी. शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गर्नुभएको भेटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको र त्यसलाई छिट्टै टुंगो लगाइने आश्वासन दिनुभएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीसमक्ष दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलन, गैरआवासीय नेपालीले नेपालमा गर्ने १० अर्ब रुपियाँकोे सामूहिक लगानी कोषको तयारी लगायतका विषयमा अध्यक्ष पन्तले जानकारी गराउनुभएको थियो ।