पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्से परिसूचक झण्डै २४ अङ्कले वृद्धि

radionepal

काठमाडौं । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक सोमबार भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । 

नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोबार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीको २४ लाख नौ हजार २६२ कित्ता शेयरहरु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा किनबेच भएका छन् । 

सोमबार नेप्सेका कारोबार गर्ने सबै १२ समूहको कारोबारमा सुधार भएको छ । कारोबारका आधारमा सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।