पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भिम सिजापति, दैलेख । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

जाजरकोटको सुयाडादेखि दैलेखको बेस्तडा बजार जाँदै गरेको ट्याक्टर भगवतीमाई गाउँपालिका ४ को मन्घरमा दुर्घटना हुँदा सोही  गाउँपालिका ५ का २० वर्षीय भीमबहादुर वि.कको मृत्यु भएको हो ।