पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एसियाकै लामो झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा

रोशन तिवारी, पर्वत । एसियाकै लामो भनिएको पर्वत र बाग्लुङ जोड्ने पाङ–बाङ्गेचौर झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ  । 

गत वर्ष चैतबाट निर्माण शुरु भएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

कालिगण्डकी नदीमाथि बन्दै गरेको १ सय ३० मिटर अग्लो पुल नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा रहेको कम्पनीका नरहरी खड्काले जानकारी दिनुभयो ।

६ करोड ९१ लाख लागतमा आगामी फागुनसम्ममा पुल निर्माण गरिसक्ने गरी सम्झौता भएको छ ।