पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र निष्काशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरु तथा गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी पाँच वर्ष अवधिको ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८१ निष्काशन गरेको छ ।

बचतपत्र खरिदका लागि माघ १० गतेदेखि २१ ग्तेसम्म आवेदन खुला गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको निष्काशन भने माघ २७ गते, फागुन २८ गते र चैत २७ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्रको साँवा भुक्तानी २०८१ माघ २७ मा हुनेछ ।

वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले प्रत्येक ६।६ महिनामा वार्षिक १० प्रतिशतका दरले व्याज भुक्तान गर्ने राष्टबैंकले जनाएको छ । बचतपत्रको अवधि ५ वर्षको रहेको छ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिबारको सदस्य (बुवा, आमा, श्रीमान श्रीमती, छोरा, छोरी मात्र) को नाममा किन्न सक्नेछन् ।