पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विकास र समृद्धिका लागि सबैले योगदान गर्नुपर्छ : प्रधानमन्त्री ओली

radionepal

केशव ढुंगाना | प्रधानमन्त्री के पि शर्मा ओलीले देशमा सुशासन कायम गरी विकास र समृद्धि हासिल गर्ने सरकारको अभियानमा राज्यका सबै निकायहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आज काठमाडाँैमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गरिबी, निरक्षरता र पछौटेपनबाट देशलाई मुक्त गरी आधुनिक राष्ट्रका रूपमा विकास गर्न राज्यका सम्पूर्ण निकाय र नागरिक समाजले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।

बर्तमान सरकारसँग राजनैतिक परिवर्तनलाई संस्थागत गरी संविधानको कार्यान्वयन गर्ने प्रमुख दायित्व रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सुशासन र कानूनी राजका लागि सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।

उहाँले राज्यका बिभिन्न निकायहरू बीच भ्रष्ट्राचार नियन्त्रणगरी स्वच्छता कायम गर्ने, देशको बिकासमा योगदान गर्ने जस्ता विषयमा प्रतिस्पर्धाको वातावरण बन्नुपर्ने र त्यसका लागि नागरिक समाजले समेत सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले देशमा शान्ति सुरक्षाको स्थापना, प्राकृतिक विपत्तिका समयमा उद्दार तथा राहत वितरण जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पर्याएको बताउनुहुँदै सशस्त्र प्रहरी बलको सुदृढिकरण तथा आधुनिकीकरणमा सरकारले विशेष ध्यान दिएको समेत जानकारी दिनुभयो ।