पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले टी २० बिश्वकपमा सोझै ग्लोबल छनोट खेल्न पाउने

काठमाडौं । नेपाल सन् २०२१ मा भारतमा हुने टी २० बिश्वकपको सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ । 

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी २० बरियतामा १२ औ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्ने भएको हो ।

१६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि आइसीसी च्याम्पियनस ट्रफि खेल्ने आठ टिमले सोझै स्थान बनाउनेछन । अरु टिमका लागि क्षेत्रीय छनोट प्रक्रियाबाट आउनुपर्नेछ । 

जसका लागि ११ क्षेत्रीय छनोट प्रतियोगिता हुनेछ । जसमा पाँच वटा महादेशमा हुनेछ । जसबाट आठ टिम अन्तिममा छनोट हुनेछन ।

यसै बर्ष हुने टी २० विश्वकपको पुछारमा रहेका चार टिमले क्षेत्रीय छनोट खेल्नुपर्नेछ । ग्लोबल छनोटमा स्थान बनाउन उनीहरुले जनवरी १ तारिखसम्म बरियतामा माथिल्लो स्थानमा रहेको एसोसियट टिम नेपाल, जिम्बावे, युएई र हङकङसँग खेल्नेछन ।

यसको अर्थ चार टिमको स्थानका लागि १६ देशले प्रतिस्पर्धा गर्नेछन । जसमा दुई वटा फरक ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टिमले टी २० विश्वकप खेल्नेछन । 

यसपटक हुन लागेको टी २० विश्वकपको पहिलो चरणमा पुग्ने १२ टिमले सोझै अर्कोपटकको विश्वकपमा स्थान बनाउनेछन ।