पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको छ’

हरिश चन्द्र बाग, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको बताउनु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएको दाबी गर्नुभएको छ । 

उहाँले अमेरिकी सरकारको सहायता कोष (एमसीसी) बारे अमेरिकी दुतावासले प्रष्ट पारिसकेकोले यस विषयमा टिकाटिप्पणी गरेर अन्यौलता सृजना गर्न नहुने बताउनु भयो ।

मन्त्री नेम्वाङले कञ्चनपुर जिल्लाका सबै पालिकाहरुलाई सडक सञ्जालसँग जोड्नका लागि १६ वटा तराई–मधेस पूर्वाधार सडक निर्माण भइरहेको समेत उल्लेख गर्नुभयो ।