पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सांसदको मूल्याङ्कन कानून निर्माणमा सहभागिताका आधारमा हुनुपर्छ’

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको मूल्याङ्कन कानून निर्माणमा हुने सहभागिता र योगदानका आधारमा हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ स्कुल अफ ल र इन्टरनेशनल रिसर्च इस्न्टिच्यूट नेपाल (आईआरआई) को संयुक्त आयोजनामा आज यहाँ भएको ‘सङ्घीय र प्रदेश सरकार तथा व्यवस्थापिकाका लागि नीति अनुसन्धान संरचना निर्माण’ सम्बन्धी छलफल कार्यक्रममा उहाँले सङ्घीय संसद्का सांसदहरु विधि निर्माणभन्दा योजना माग गर्न मन्त्रालय धाउने र निर्वाचन क्षेत्रका कार्यक्रममा बढी हिँड्नु गलत भएको बताउनुभयो । 


अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले नै आफ्ना विधायकलाई संसद् तथा समितिको बैठकमा हुने सहभागिता र कानून निर्माणमा खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो ।