पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अर्थतन्त्र गौरव गर्न लायक बाटोमाः अर्थमन्त्री डा खतिवडा

radionepal

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ । 

कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने वताउनुभयो । 

अर्थमन्त्री खतिवडाले नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको पनि वताउनुभयो ।