पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३२ घाइते

नवराज छतकुली, धादिङ । धादिङको निलकण्ठ नगरपालिका ८ मैदीमा मिनी ट्रक दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । 

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

दुर्घटनामा घाइते ३२ मध्ये ४ जनाको अवस्था गम्भीर छ । 

गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको र अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।