पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी’

radionepal

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती रहेको बताउनुभएको छ । 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबाको ५१ औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भट्टले  भ्रष्टाचार नियन्त्रण गरि समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । 

मन्त्री भट्टले हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको  पनि बताउनुभयो ।