पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस    

radionepal

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस समितिले सत्य निरुपण आयोगको अध्यक्षमा डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदीलाई सिफारिस गरेको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई अध्यक्ष सहित अन्य सदस्यहरुको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिनुभयो ।

समितिका सदस्य शर्मिला कार्कीले समितिको २४आँै बैठकबाट दुवै आयोगका पाँच–पाँच जना पदाधिकारीको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।

सरकारले गत चैत्र ११ गते ती दुवै आयोगका पदाधिकारीको नाम सिफारिस गर्नका लागि मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।