पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साताभरमा साँढे ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । यो साताभर नेपालस्टक एक्सचेन्जको नेप्से परिसूचक ८ प्रतिशतले बढ्दा साँढे ६ अर्बभन्दा बढीको कारोबार भएको छ । 

कारोबार वृद्धिसँगै लगानीकर्ताहरुको सम्पत्ती पनि करिब डेढ खर्बले बढेको छ । यो साताको शेयर बजारले कारेवारमा बुलिस ट्रेण्ड देखाएको छ ।

गत साताको अन्तिम कारोबार दिन एक हजार २१३.१२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ९७.११ अंक बढेर एक हजार ३१०.२३ विन्दुमा पुगेको छ । साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयरहरु छ अर्ब ६७ करोड २० लाख ६१ हजारमा किनबेच भयो । 

नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । गत साता ४ अर्ब २२ करोड बराबरको शेयरको किनबेच भएको बजारमा यो साता भने ६ अर्ब ६७ करोड बराबरका शेयरहरुको किनबेच भएको छ । यो साता कूल बजार पूँजीकरण १ खर्ब ४९ अर्ब बढेर १६ खर्ब ६९ अर्ब पुगेको छ ।

नेप्सेको पछिल्लो २० दिनको औसत कारोबार रकम ८० करोड ५४ लाख रहेको छ भने यो साताको मात्रै औसत कारोबार रकम १ अर्ब ३३ करोड पुगेको छ ।

यो साता लघुवित्त र फाइनान्सको शेयर मुल्य अन्यको भन्दा धेरै अंकले बढेको छ । यो साता इन्फिनिटी लघुवित्तको ३१.४९ प्रतिशतले, घोडीघोडा लघुवित्तको ३१.२६ प्रतिशतले र मञ्जुश्री फाइनान्सको ३०.६७ प्रतिशतले शेयर मुल्य  बढेको छ । 

कारोबार रकमका आधारमा यो साता एनआईसी एशिया बैंक लिमिटेड शिर्ष स्थानमा रहेको छ । 

नेप्से र कारोबार रकम दुबै बढेसंगै यो साता लगानीकर्ताहरुको मनोबल पनि बढेको छ । लामो समयदेखि बियरिश ट्रेण्डमा रहेको नेप्सेले अब भने बुलिश ट्रेण्ड समातेको विश्लेषकहरुले भनाई छ ।