पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मच्छिन्द्र क्लब हिमालयन शेर्पासँग दुई शुन्यले स्तब्ध

radionepal

अजय बम । सहिद स्मारक ए डिभिजन लिगमा शिर्ष स्थानको मच्छिन्द्र क्लब हिमालयन शेर्पासँग दुई शुन्यले स्तब्ध भएको छ । 

लगातार ६ चरणसम्म जितविहिन रहेको शेर्पासँग मच्छिन्द्र पराजित जारी लिगमा पहिलो हार ब्यहोर्न पुग्यो ।

वर्षाका कारण दशरथ रंगशालामा हुने खेल अन्तिम समयमा सातदोबाटो स्थित एन्फा मैदानमा सारिएको थियो । भारी वर्षा विच भएको खेलमा शेर्पाले पहिलो मिनेटमा नै गोल गर्न सफल भयो । 

मच्छिन्द्रको डिफेन्डसमा भएको ल्याप्सका कारण शेर्पाले गोल गर्न सफल भयो । उसका पिटर सेगुनले बल आफ्ना गोलकिपरलाई पास दिन खोज्दा आत्मघाती गोल भयो । एक गोलले पछि परेको मच्छिन्द्रले २० मिनेटमा दोस्रो गोल खायो । उसका लागि विजय श्रेष्ठले उत्कृष्ट गोल गरे । 

जारी लिगमा शेर्पा जितविहिन हुने टिममा एक टिम हो । उसले ६ खेलमा दुई बराबरी र चार हार ब्यहोरेको छ । अहिलेसम्म अपराजित रहेको मच्छिन्द्रको यो हारले उसलाई दोस्रो स्थानको आर्मीसँगको दुरी बढाउने मौका गुम्यो ।

यो हारले मच्छिन्द्रको सात खेलमा १३ अंक छ भने पहिलो जित निकालेको शेर्पाको सात अंक भएको छ । उसले च्यासललाई पछि पारेको छ ।