पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिभुवन आर्मीको विजयी सुरुआत

radionepal

काठमाडौं । काठमाडौंमा शुक्रबार देखि शुरु पाँचौं आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपमा विभागीय क्लब त्रिभुवन आर्मीले विजयी सुरुआत गरेको छ ।

पुरुष तर्फ शुक्रबार भएको पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–९ ले जितेको आर्मीले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । 

तेस्रो सेट २५–९ ले पक्षमा पार्दै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन आर्मीले विजयी शुरुआत गरेको हो ।

महिला भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फ न्यू डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कर्भडहलमा भएको खेलमा न्यू डायमण्डले तीन दुईको सेटमा जित निकाल्यो । 

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । 

१० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।