पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वाणिज्य बैंकहरुमा गो–एएमएल प्रणाली लागू

काठमाडौं । वाणिज्य बैंकहरुमा बुधबारदेखि गो–एएमएल प्रणाली लागू भएको छ । 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई माघ १ गतेदेखि अनिवार्य रुपमा गो–एएमएल प्रणालीमा रही कारोबार गर्न निर्देशन दिएको थियो । सोही अनुसार वाणिज्य बैंकहरुले आजदेखि प्रणालीबाट कारोबार शुरु गरेका हुन् । 

राष्ट्र बैंकले लामो समयको प्रयासपछि यो प्रणाली आजदेखि लागू गर्न सफल भएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार माघ १ गतेदेखि वाणिज्य बैंक र आगामी २०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुले गोएएमएल सफ्टवेयर अनिवार्य राख्नुपर्नेछ । 

गो एएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तराष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरण निबारणका लागि ल्याइएको सफ्वेयर हो ।

यो व्यवस्थासँगै वाणिज्य बैंकहरुले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार रक्रियाकलापको प्रतिवेदन अनिवार्य रुपमा विद्युतीय माध्यम गो–एएमएलमार्फत पेश गर्नुपर्ने छ ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा हुन सक्ने वित्तीय लगानी रोक्न ल्याउन यो प्रणाली लागू गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनु भयो ।